देशलुम्बिनी प्रदेशकर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित)

कर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।

मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।

कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।

KARNALI 3 .jpg

KARNALI 2 .jpg

KARNALI 1 .jpg

KARNALI 8 .jpg

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img