देशलुम्बिनी प्रदेशनवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं / गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर छुटेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा बिहान दुर्घटना भएको प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र घाइते २५ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img