Saturday, November 2, 2024
देशमधेस प्रदेशअख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

spot_img

सिरहा | सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट निर्माण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन्।

आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट छुट्याइएको थियो। यस कार्यका लागि बलराम पार्वती निर्माण सेवा सप्तरीलाई रु चार लाख ८४ हजार सात सय ३० को ठेक्का दिइएको थियो।

घाट निर्माणका क्रममा प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए। तर, हालसम्म उक्त जग्गा नगरपालिकाको नाममा आएको छैन।

अख्तियारमा उजुरी परेपछि प्रमुख मलाहले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए।

यो घटनाले स्थानीय तहमा हुने सार्वजनिक कोषको दुरुपयोग र जवाफदेहिताको अभावलाई उजागर गरेको छ। स्थानीय नागरिक समाजका अगुवाहरूले यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न कडा कारबाही र नियन्त्रणका उपायहरू अपनाउन माग गरेका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img