विचार/ब्लग‘माओवादीले एक वडाध्यक्ष पनि जित्दैन,प्रचण्डलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ’- मुकुन्द

‘माओवादीले एक वडाध्यक्ष पनि जित्दैन,प्रचण्डलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ’- मुकुन्द

काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)ले माओवादीले कतै एउटा वडाध्यक्ष पनि नजित्ने दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमिरेले लेखेका छन् ‘जेठ ४ गते स्थानीय चुनाव हुने भो, माओवादीले कतै एउटा वडाध्यक्ष मात्रै पनि जित्ने होइन, त्यसैले माओवादीका जति प्रचण्ड सर्चण्ड सबैलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ।’

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने रत्नपार्क छोडेर एक कोठामा बसी ट्विटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img