- सुनसरी / ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ´त्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
सोही ठाउँमा मृ´त्यु हुनेमा फुङलिङ नगरपालिका-८ का २८ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा राईको मृ´त्यु भएको हो ।
घाइते भएका ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गरिदैछ । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्याएको हो भने घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।