Monday, February 17, 2025
समाजकाठमाडौँको स्वयम्भूमा एक मानिसको ह त्या

काठमाडौँको स्वयम्भूमा एक मानिसको ह त्या

काठमाडौं :

स्वयम्भूमा युवकको शव भेटिएको छ। स्वयम्भूको भगवान पाउ नजिक जंगलमा करिब २५ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चो’ट ला’गेको छ। प्रहरीलाई शुक्रबार बिहान सात बजेतिर खबर भएको थियो। खबर पुग्नासाथ कुकुरसहितको प्रहरी घटनास्थल गएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए। महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

यो पनि, व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ ।

जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ । शुरुमा रु डेढ लाख लगानी गरी आठ बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन् । बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ । बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ । बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ । डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ । गङ्गादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ । उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ । गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताउनुभयो ।

हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक बताउनुहुन्छ । उहाँका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर हुनुहुन्छ । उहाँले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आउनुभएको छ । बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उहाँ बताउनुहुन्छ । शुद्ध १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन् ।

त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताउनुभयो ।नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी बताउनुहुन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img