Thursday, December 5, 2024
समाजकाठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

५९ हजार ८९७ मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् ।
उहाँहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ ।

यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेकी छिन ।

३ लाख २ सय मतदाता रहेको काठमाडौं १ लाख ९१ हजार मत खसेको थियो ।

उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले १९ हजार ९५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img