Saturday, September 7, 2024
समाजभरतपुर महानगरको मेयरमा रेनु दाहाल भारी मतान्तरले विजयी
spot_img

भरतपुर महानगरको मेयरमा रेनु दाहाल भारी मतान्तरले विजयी

चितवन: चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादीकी रेनु दाहाल निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी उनी नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराउँदै उनी दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।

रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए । उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार रहेकी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img