काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त प्रकरणलाई टुंगोमा पु¥याउने प्रयास गरिने बताएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउँदै यस्तो बताएका हुन् ।
प्रहरीले निर्मला पन्त प्रकरणमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताउँदै आएको छ । तर, हालसम्म पनि निर्मलाको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।
यसका साथै गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको उल्लेख गर्दै आईजीपी सिंहले बढुवाको हकमा मेरिट बेसमा गरिने बताए । सोर्सफोर्सले बढुव नहुने बताउँदै उनले भनेका छन्, ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन् । सोर्सफोर्सले बढुव हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’



