Wednesday, February 12, 2025
समाजअभिनेता पल शाहको मुद्दामा बहस सकियो

अभिनेता पल शाहको मुद्दामा बहस सकियो

काठमाडौं । मोडल एवं अभिनेता पल शाहविरुद्धको जबर’जस्ती कर’णीको मुद्धामा उच्च अदालत पोखरामा बहस सकिएको छ ।

जिल्ला अदालतले अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

अब अदालतले आजै अभिनेता शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । आज भएको सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

त्यस्तै अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अब बहस सकिएकाले आजै न्यायधीशले आदेश सुनाउने छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस