Friday, February 7, 2025
समाजइटहरीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

इटहरीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

सुनसरी | आज इटहरी २ तरहरा बरगाछिमा विश्व वातावरण दिवसरको अवसर पारेर वृक्षारोपण गरिएको छ ।

इटहरी २ वडा कार्यालयका वडा अध्यक्ष माधव कोइराला लगाएत वडा कार्यलयका सदस्य, स्वास्थ्यकर्मी सहित स्थानीय व्यक्तिहरूको सहकार्यमा वृक्षारोपण गरी वातवरण दिवस मनाइएको छ ।

उनीहरूले मुख्य हाईवेमा रहेको सडकको बीच भागमा रहेको खाली जमिनमा वृक्षारोपण गरेका छन् । धुपी तथा विभिन्न प्रजातिका फूलहरूको बिरुवा रोपिएको छ ।

त्यस्तै, आज इटहरी २० वडा कार्यलयका वडा अध्यक्ष मणिराम श्रेष्ठ लगाएत वडा कार्यालय सदस्य र तरहरा जेसीजको सहकार्यमा वृक्षारोपण गरी वातवरण दिवस मनाइएको छ । त्यसैगरी, इटहरी ४ शान्ति टोलमा रहेको ट्याङ्ग्रा खोला किनारमा बाढी मापन स्केल स्थापना तथा वृक्षारोपण गरिएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस