सिरहा | सिरहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् ।
जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षिय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याएपनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो।
उनको शरीरको बाहिरी भागमा भने कुनै घाउ चोट नदेखिएको अस्पतालले जनाएको छ। त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य छ ।



