समाजप्राकृतिक विपदका घटना : दुई महिनामा ६० जनाको मृत्यु

प्राकृतिक विपदका घटना : दुई महिनामा ६० जनाको मृत्यु

२८ जेठ काठमाडौं । पछिल्ला दुई महिनामा प्राकृतिक विपदका घटनामा परेर ६० जनाको मृत्यु भएको छ ।

२०७९ वैशाख १ देखि यही जेठ २७ गतेसम्म प्राकृतिक विपदका विभिन्न घटनामा परेर देशभर ६० जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ । यस अवधिमा विपदका घटनामा परेर १४८ जना घाइते भएका छन् ।

त्यसैगरी यस अवधिमा प्राकृतिक विपदका घटनाबाट देशभर ४८ करोड ८३ लाख ९८ हजार ६० रूपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ । दुई महिनाको अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ।

त्यसैगरी आगलागीमा परेर १४, जंगली जनावरको आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा परेर ३ जना र सर्पदंशबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img