Monday, May 19, 2025
समाज२४ वर्षीय गौमती जन्माइन् तिम्ल्याहा बच्चा
spot_img

२४ वर्षीय गौमती जन्माइन् तिम्ल्याहा बच्चा

spot_img

कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

गौमतीले बिहीवार राति ११ बजे माया मेट्रो अस्पताल दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

आमा र तिम्ल्याहा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गौमतीले गर्भवती भएको सात महिनामै शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको अस्पतालले जनाएको छ । प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई हिजो साँझ मात्रै अस्पताल लगिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सयौंले तिम्ल्याहा बच्चालाई जन्म दिने गौमती र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिइरहेका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img