काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर ह’त्या भएको छ ।
शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाई ह’त्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ह’त्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।
उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।