काठमाडौं । विगत केही समययता कोरोना संक्रमण बढ्न थालेपछि लयमा फर्कन थालेको आर्थिक गतिविधिमा पुन: असर गर्ने संकेत देखिएको छ ।
कोरोना संक्रमण बढेर आम मानिसको दैनिकीमा प्रभाव पार्ने सम्भावना देखिएपछि सरकारले संक्रमण बढ्न नदिन प्रतिकार्य सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्ने र जनस्वास्थ्का मापदण्ड कडाइका साथ पालना गराउने तयारी गरेको छ ।
मन्त्रालयमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या दैनिक बढ्न थालेपछि प्रतिकार्यका लागि अन्तरनिकाय समन्वयन र निगरानी बढाइएको बताए ।
कति छन् सक्रिय संक्रमित?
नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।