समाजसार्वजनिक यातायातको भाडा बढ्यो

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौँ- सरकारले सार्वजनिक यातायातकाे भाडादर बढाएकाे छ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो। उक्त भाडादर सोमबारदेखि लागू हुने विभागले जनाएको छ।

यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको सूचनामा उल्लेख छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर वृद्धि भएको बताइएकाे छ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने नियम छ। साेहीअनुसार भाडा बढाइएकाे विभागले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img