समाजआफन्तबाटै बला'त्कृत ८ वर्षिया बालिकाको उपचारमा समस्या

आफन्तबाटै बला’त्कृत ८ वर्षिया बालिकाको उपचारमा समस्या

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ८की एक ८बर्षीय बालिका १५असारमा बल’त्कृत भइन् ।

स्थानिय दाजु पर्ने १५ बर्षका किसोरले उनलाई जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए । पीडक किशोर अझै फरार रहेका छन् । बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई १ हप्ता जिल्ला अस्पतालमा राखियो ।

त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यस पटक भने उनलाई ४ दिन अस्पताल भर्ना गरिएपनि उपचार हुन सकेको छैन् । अहिले बालिका हिड्न नसक्ने भएकाले बोकेर लैजानु पर्छ ।

पीडित बालिकाकी आमाले भनिन्,‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने भएको छ । हामी संग पैसा छैन् । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ । केहि सहयोग पाइएको छैन् ।’ प्रहरीमा उजुरी गरे पनि बला’त्कारमा संलग्न अहिले सम्म पक्राउ नपरेको जानकारी दिएन् । अहिले उल्टै पीडक व्यक्तिको परिवार र गाउँलेले समेत उल्टै धम्की दिन थालेको उनको आमाको भनाई छ ।

पीडित बालिकाका बुवा अपांग छन् । उनि जन्मजात आखा देख्दैनन् । कसैलाई देखेमा ठम्याउन सकेपनि आखाँको उपचार हुन सकेको छैन् । ३सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बल’त्कृत भएपछि अहिले उक्त परिवारलाई ठुलो आर्थिक समस्या परेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका