समाजसीसीटीभीको दृश्य– सेतो क्याप र निलो टिशर्ट लगाएर होटल पुगेका थिए सन्दीप

सीसीटीभीको दृश्य– सेतो क्याप र निलो टिशर्ट लगाएर होटल पुगेका थिए सन्दीप

काठमाडाैं | नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने भदौ ५ गते बेलुका अबेर सिनामंगलस्थित एक होटलमा युवतीसहित पुगेको पुष्टि प्रहरीले गरेको छ ।

प्रहरी स्रोतका अनुसार सन्दीप उक्त होटलमा पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ । पीडित युवतीले भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरलाई जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार उनीहरू करीब ७ घण्टा होटलमा बसेर फर्किएका थिए । भदौ ६ गते बिहान ६:४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको हो । प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ ।

अहिले प्रमाणहरू संकलन गरेर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी भइरहेको छ । पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगेर स्वस्थ्य परीक्षण गराइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले जनाकारी दिए ।

जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटलको कोठा नम्बर ३०५ मा लगी रातभर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ । प्रहरीका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती गरेको विवरण जाहेरीमा उल्लेख छ ।

लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img