सुनसरी / इटहरी उपमहानगरपालिकाका क्षेत्रभित्र स्कुल अर्थात् विद्यालय, कलेज, अस्पताल बसपार्क तथा सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य वस्तुको बिक्रीवितरण गर्न नपाउने नियम लागु गर्ने भएको छ ।
इटहरी उपमहानगरपालिकाको आज बुधबारको बैठकमा मेयर हेमकर्ण पौडेलले राखेको सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री गर्न र सेवन गर्न प्रतिबन्ध गर्ने प्रस्ताव कार्यपालिका सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
स्कुल अर्थात् विद्यालय, कलेजको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ र मदिरा जन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने संघीय कानून भएता पनि त्यसमा सार्वजनिकस्थल र बसपार्कसमेत थप गरेर इटहरी उपमहानगरले यो विषय प्रस्ताव पारित गराएको हो ।



