टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरीमाथि सामूहिक बला’त्कार भएको छ । केही काम छ भनेर एक युवकले लिएर गएपछि अन्यलाई फोन गरेर बोलाएर ती किशोरीमाथि सामूहिक बला’त्कार भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बला’त्कार गरेको प्रहरीले जनाएको छ ।
सानो काम छ भनेर बोलाएर लिएपछि आफूलाई केही खुवाएर सामूहिक बला’त्कार गरेको पीडित किशोरीले प्रहरीसंग् बयान दिएकी छन् । भदौं २१ गते राति किशोरी सामूहिक बला’त्कारको सिकार भएको प्रहरीले जनाएको छ ।
बला’त्कारपछि बेहोस किशोरीको २३ गते घर पुगेपछि पनि आफू बला’त्कारको सिकार भएको अभिभावकलाई भन्न सकिनन् । २३ गते सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरी स्थानीय घोडाघोडी अस्पतालमा उपचार गराएको थियो ।
किशोरीको बयानको आधारमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ भने अझै एक जना फरार रहेका छन् ।



