समाजबालिकालाई बियर खुवाएर सामूहिक बला'त्कार

बालिकालाई बियर खुवाएर सामूहिक बला’त्कार

धनगढी । कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बला’त्कार भएको पाइएको छ ।

घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बला’त्कार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ । होटलमा खानपिन गरेर पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन् । प्रहरीकाअनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले ती बालिकालाई आफ्नो घरमा जान आग्रह गरेका थिए ।

बियरको नसामा रहेकी उनी ती युवकको घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बला’त्कार गरेको पीडितले जाहेरीमा उल्लेख छ । डीएसपी जोशीकाअनुसार बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै त्यसलाई बालिकाले अस्वीकार गरेकी थिइन् ।

प्रहरीका अनुसार त्यसपछि उनले आ’त्मह’त्या गर्न स्यानिटाइजर पिएको पाइएको छ । स्यानिटाइजर पिएर बाटोमा असामान्य अवस्थामा फेला परेकी उनलाई २२ भदौमा प्रहरीले नै उपचारका लागि घोडाघोडी अस्पतालमा लगेको थियो ।

अस्पतालमा उपचारका क्रममा उनीमाथि बला’त्कार भएको खुलेको थियो । त्यसपछि बालिकाका अभिभावकले प्रहरीकोमा उजुरी दिएका थिए । देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित बालिकासँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सामूहिक बला’त्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका–२ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरिएको छ । एक जना अर्का आरोप फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img