जनकपुर: एमाले अध्यक्ष ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने११ जनालाई प्रहरीले प्रक्राउ गरेका छन् ।
नागरिकताविहीन युवाहरूले ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेको थियो । ओली सोमबार जनकपुर आउँदा क्याम्पस चोकमा नागरिकताविहीन युवाहरुले कालो भण्डा देखाएका हुन् । जनकपुर विमानस्थलबाट कार्यक्रमस्थल तिरुहुतिया गाछी जान लागेका बेला क्याम्पस चोकमा जम्मा भएका नागरिकताविहीन युवाले कालो झण्डा देखाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी अवरुद्ध र कालो झण्डा देखाउने योजना बनाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए ।
नागरिकताविहीन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले नागरिकता विधेयक पारित गर्न नेकपा एमालेका अध्यक्ष ओली सहयोग नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नमानेको विरोध कालो झण्डा देखाउने प्रयास गरिएको बताए । उनले महादेव महरा, अशोक महतो, प्रमोद यादवलगायतका युवालाई प्रहरीले पक्राउ गरेको बताए ।



