राजनीतिमधेस प्रदेश पुगेर ओलीले भने : नागरिकता विधेयक फिर्ता हुनुपर्छ

मधेस प्रदेश पुगेर ओलीले भने : नागरिकता विधेयक फिर्ता हुनुपर्छ

जनकपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक ‘काम’ नलाग्ने बताएका छन् । उनले विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक/दुई दिनमै पारित हुन सक्ने पनि ओलीको भनाइ छ ।

‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी(एमाले)सँग सरसल्लाह नगर्ने । संसद्‍मा छलफल गर्न नदिने,’ एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिको कुरा नमान्ने । विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।’ एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको आरोप लगाउँदै नेता ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे ।

‘०५२ सालमा मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाएँ,’ ओलीले भने,‘नागरिकता समस्या हल गर्न संसद‍्‍मा मैले नै विधेयक लगेँ । तर, एउटा संसदीय समितिका सभापति अड्काएर बसिदिएँ । अनि मैले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भने अध्यादेश ल्याए । त्यो पनि अदालतमा मुद्दा हालेर फिर्ता गराइयो ।’ उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए । ‘जन्मसिद्धको सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु । तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन् ।’

सरकार फास्ट ट्रयाकबाट ल्याएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सुझावसहित संसद्‍मा फर्काइदिएकी थिइन् । तर संसद्को दुवै सदनको बहुमतले विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिकहाँ पठाएको छ । भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img