Sunday, April 27, 2025
समाजसन्दीप सिंगापुरमा, केही दिनमा आउने !
spot_img

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !

नेप्लेज| जबरजस्ती करणको आरोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटनालाई लिएर भदौ २१ गते उनी क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नावालिकाले गौशाला प्रहरी बृत्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो ।

त्यसलगत्तै नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका थिए । उनी नेपाल आएर आफूले कानुनी लडाईं लड्ने बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि सम्पर्कमा नरहेको जनाइएको छ । उनी अहिले पनि विदेशमै रहेका र त्यहाँ कानुनी परामर्श गरिरहेको बताइएको छ ।

सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका अधिवक्ता सरोज घिमिरे अहिले सिंगापुर पुगेका छन् । सिंगापुरमा घिमिरेले अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गरिरहेको बुझिएको छ ।

यसैगरी सन्दीपका एजेन्ट पाकिस्तानी खेल विज्ञ अला रहमान तलवानीसँग घिमिरेले छलफल गरेर काठमाडौं फर्कने बुझिएको छ । घटना पछि तनावमा रहेका सन्दीप कतै नभागेको र उनी केही दिनमा काठमाडौं आइपुग्ने बताइएको छ ।

यता, चितवनका पूर्व क्रिकेट खेलाडी तथा भरतपुर क्रिकेट क्लबका सल्लाहकार मनिष सापकोटाको अध्यक्षतामा सन्दीप बचाऊँ अभियान पनि सुरु गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img