राजनीतिमाधवलाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

माधवलाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौं : काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img