Monday, April 28, 2025
समाजपौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु
spot_img

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु

काठमाडौं : हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ ।

हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो ।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img