Sunday, April 27, 2025
समाजसल्यानमा बिहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते
spot_img

सल्यानमा बिहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।

हालसम्म मृतक कसैको पनि पहिचान खुली सकेको छैन। बाँकेको ढकेरीबाट बिहेबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य चलिरहेकाे छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img