Sunday, April 27, 2025
समाजडेंगीबाट ३८ जनाको मृत्यु
spot_img

डेंगीबाट ३८ जनाको मृत्यु

काठमाडौं । नेपालमा हालसम्म डेंगी संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

गत साउनयता २८ हजार एक सय नौ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ । नेपालमा पहिलो पटक विसं २०६१ मा डेंगीको बिरामी देखिएको थियो ।

प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

डेंगी संक्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img