सुनसरी / दशै तिहार तथा छठ पर्व सुरूसँगै इटहरीका बजारमा मानिसको चहलपहल बढ्न थालेको छ ।
नेपालीहरूको महान चार्ड पर्व दशै तिहार तथा छठ पर्व सुरू भएसँगै इटहरीका हरेक क्षेत्रका बजारमा मानिसको चहलपहल बढ्न थालेको छ । नवरात्र अर्थात् बडादशैं प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने इटहरी हरेक क्षेत्रका बजारमा दशैंमा सरसामान किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।
इटहरीको हङकङ मार्केटमा पनि दिउँसो २ बजे घुइँचो लाग्ने गरेको छ भने कुनै पनि एक पसलमा व्यापार ५०- ६० हजार बढीको व्यापार हुने व्यापारीहरू बताउँछन् । दशैंको पहिलो दिन घटस्थापनादेखि नै किनमेल गर्ने क्रम बढेको छ ।
इटहरीमा सवारीसाधन पार्किङका लागि सार्वजनिक ठाउँमा नभएपनि इटहरीको मुख्य चोककको सडकमा एक सय मिटर वरपर पार्किङ गर्न पाइदैन ।