सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएका छन् । सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि उनले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् ।
दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको उनल बताए । आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले बताए । उनले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् ।