दैलेख। दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नेपाली मामाघर गएकी थिइन् ।
गुराँस गाउँपालिका–२ को गयलसेना सडकमा लत्रिएको विद्युतको तारबाट हिँड्दा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गु बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।