समाजप्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।

अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ ९पिएसपी० रोगबाट पीडित छन्।

पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img