काठमाडौं / नेपाली काङ्ग्रेसको घोषणापत्रमा ६५ वर्षमा वृद्धभत्ता दिने घोषणा गरेको छ ।
आज शनिबार सार्वजनिक गर्दै घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ ।
तर, कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।त्यस्तै, कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ ।