Wednesday, March 26, 2025
समाज'मलाई जोगाइदिनुस्, जनता गुहार्नु बाहेक केही बाँकी रहेन' - सागर ढकाल

‘मलाई जोगाइदिनुस्, जनता गुहार्नु बाहेक केही बाँकी रहेन’ – सागर ढकाल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।

उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् ।

“मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ,” उनले लेखेका छन्, “शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।”

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img