काठमाडौं । बाजुरालाई केन्द्र बनाएर आज भूकम्प गएको छ । बिहान ५ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
हिजो बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६ जनाको मृत्यु भएको थियो ।