Sunday, March 16, 2025
समाज१४ महिना देखी अलपत्र अवस्थमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर)

१४ महिना देखी अलपत्र अवस्थमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर)

चितवन । चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र अवस्थामा पुगेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक संकटका कारण काम गर्न नसकेको बताउदै निर्माणबाट अलग भएपछि रंगशाला अलपत्र बनेको हो ।

जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र अवस्थमा प्ुगेको १४ महिना भएको छ । अलपत्र अवस्थामा पुग्दा बनेको संरचनापनि विग्रने अवस्थामा पुगेकाछन् ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्नुभएको थियो उहाँहरूले २०७५ माघ १६ देखि रंगशाला निर्माणको काम सुरू गर्नुभएको थियो ।

रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको थियो । ३० हजार जनाको क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको थियो । प्यारापिटका २८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान भएको छ । आठवटा पिच बन्न बाँकी थिए । दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको चरणबाट बाहीरिएको हो ।

gautam buddha rangashala 9

फाउण्डेशनले हात झिकेपछि महानगरले त्यसको औपचारीक स्वामित्व लिएको छैन । सरकारले रंगशाला निर्माणको लागि बजेट छुट्याएको भएपनि कस्को नेतृत्वमा कसले कसरी काम गर्ने भन्ने टुंगो लागेको छैन । लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ । बनेको संरचनाका पिल्लरका फलाममा खिया लाग्न सुरु भएको छ । रंगशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रदो क्रममा रहेकाछन् ।

रंगशालामा वनाइएका भौतीक संरचनाको पील्लरमा रहेका रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड खिया लागेर विग्रदो अवस्थामा रहेको देखिन्छ ।

gautam buddha rangashala 10

रंगशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । महानगरले रंगशालाको स्वतन्त्र लेखापरीक्षण गरिसकेको छ । नेपाल सरकारले यस आर्थिक बर्षको बजेटमा रंगशाला निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याएको छ ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको थियो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार आर्थिक संकट बढेका कारण रंगशाला निर्माणको काम रोक्नुपरेको हो । जनस्तरबाट रकम उठ्ने सम्भावना कम भएको र सरकारले आवश्यकता अनुसारको रकम उपलव्ध नगराएको कारण निर्माणका लागि आर्थिक संकट भएको बताइएको छ ।

gautam buddha rangashala 3

रंगशाला बनाउन तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । रंगशालामा हालसम्म ५४ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलको दाबी छ । १७ करोडजति त ऋण नै रहेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाले गराएको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा भने रंगशाला निर्माणमा हालसम्म ५० करोड २० लाख ७९ हजार ७४६ रूपैयाँ भएको उल्लेख छ । रंगशाला १८ करोड १२ लाख ४७ हजार १५० रूपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

gautam buddha rangashala 12

रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार ५८८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा देखाइएको छ । रंगशाला निर्माणका लागि सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार ८१४ रुपैयाँ भएको थियो । अन्य कोषबाट दुई करोड १४ लाख सात हजार ५३९, धनधान्याञ्चलबाट नौ करोड ४१ लाख ५८ हजार ३६७ संकलन भएको देखाइएको छ ।

gautam buddha rangashala thumb

gautam buddha rangashala 4

gautam buddha rangashala 3

gautam buddha rangashala basanta

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img