समाजमौन अवधिमा साग केलाउँदै ओली !

मौन अवधिमा साग केलाउँदै ओली !

काठमाडौं– निर्वाचनको अघिल्लो दिन आज शनिबार मौन अवधि चलिरहेको छ। यसले गर्दा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। यस्तोमा शीर्ष नेताहरू फुर्सदिला देखिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिले यसको पुष्टि गरेको छ।

उनी अहिले भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा साग केलाइरहेका भेटिएका छन्। यसको जानकारी उनी आफैँले दिएका हुन्।

ओलीले तीनवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। जसमा श्रीमती राधिका शाक्य पनि छिन्। एउटा तस्बिरमा ओली भान्सामा पसेर श्रीमतीलाई साग केलाउन सहयोग गरिरहेका छन्।

‘धेरै दिनपछिको फुर्सद। फुर्सदमा राधिकासँग साग केलाउँदै!’, उनले फेसबुकमा लेखेका छन्।

आइतबार देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतदान हुँदैछ। ओली झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। मतदान भने उनले बालकोटमै गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img