समाजनागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

नागरिकता अवैध हो भन्ने ‘रविले नै पुष्टि गरे’

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा उल्लेखित विवरणले उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखाएको छ।

नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै परेको उजुरीबारे निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आयोगमा स्पष्टीकरण पत्र बुझाएका थिए।

पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नफर्के तर्क गरेका छन्।

यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन नदिएको पुष्टि भएको छ।

स्पष्टीकरणमा आफूले नागरिकता ऐन २०६३ मा रहेको ‘विदेशी नागरिकता लिएमा सम्बन्धित निकायमा जानकारी दिनुपर्ने कानुनी प्रावधान अनुसार जानकारी नदिई अमेरिकी र नेपाली नागरिक भएर बसेको र नेपाल फर्किएर अमेरिकी नागरिकको कानुनी हैसियत छाडेकाले पुन नेपाली नागरिकता लिनै नपर्ने उनको तर्क देखिएको छ।

स्पष्टीकरण पत्रमा खुलाए अनुसार उनी २०१४ फेब्रुअरी २५ मा अमेरिकी नागरिक बने। उनको दाबी अनुसार उनी कहिल्यै अमेरिका नफर्कने गरी सन् २०१७ मा नेपाल फर्किए। नेपाल फर्किएको मिति भने एकै देखिएको छैन।

२०१८ मे १८ मा उनले अमेरिकाको नागरिकता र राहदानी औपचारिक रूपमा नेपाल स्थित: अमेरिकी राजदूतावास मार्फत परित्याग गर्ने आवेदन दिए अनि २०१८ जुन २८ मा अमेरिकी नागरिकको कानुनी हक सकियो।

यसले उनी सन् २०१४ देखि २०१८ जुन २८ सम्म अमेरिकी नागरिक रहेको उनले आयोगमा बुझाएकै स्पष्टीकरण पत्रले पुष्टि गर्छ। बाकी उकेरामै

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img