देशपछील्लो २४ घण्टामा तीन जिप दुर्घ'टना, १५ को मृ'त्यु

पछील्लो २४ घण्टामा तीन जिप दुर्घ’टना, १५ को मृ’त्यु

आजै मात्र स्याङ्जा, अछाम र कास्की गरेर तीन ठाउँमा जिप दुर्घ’टना भयको छ । सोही दु’र्घटनामा परी १५ जनाको मृत्यु भयको छ । स्याङ्जामा ३, अछाममा ४, कास्कीमा ८ जनाको दुर्घ’टना परी मृत्यु भयको प्रहरीले जनाएको छ ।

स्याङ्जामा जिप दु’र्घ’टना : ३ जनाको मृ’त्यु, गाउँ शो’कमा
आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घ’टनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृ’त्यु भएको छ ।गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृ’त्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उ’पचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृ’त्यु भएको हो ।गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उ’पचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ज्या’न गु’माउनेमध्ये तीनै जना एउटै वडाका हुन् भने दुई जना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभयो । “वालिङबाट गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घ’टना भएको छ”, वडा अध्यक्ष पङ्गेनीले भन्नुभयो, “जिपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृ’त्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।”

दसैँको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निक्कै पीडा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताउनुभयो । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो ।

जन्ती बोकेको जिप दु’र्घटना : ४ जनाको मृ’त्यु, १४ घा’इते
अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घ’टना हुँदा चार जनाको मृ’त्यु भएको छ भने १४ घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दु’र्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृ’त्यु भएको छ । जैसीको घ’टनास्थलमै मृ’त्यु भएको छ भने अन्य तीन जनाको उ’पचारका क्रममा अस्पतालमा मृ’त्यु भएको हो ।

घा’इते भएकामध्ये दुईलाई थप उ’पचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गम्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन ।” जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

कास्कीमा जिप दुर्घ’टना, ८ जनाको मृ’त्यु
कास्कीको घान्द्रुकमा जिप दुर्घ’टना हुँदा ८ जनाको मृ’त्यु भएको छ, एक जना सामान्य घा’इते भएका छन् ।पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।मृ’तकको श’व पोखरा ल्याइँदै गरेको उनले बताए । दु’र्घटनाको कारण र मृ’तकको परिचय भने खुलिसकेको छैन ।-/File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img