देशगण्डकी प्रदेशअपडेट: मृ'त्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी

अपडेट: मृ’त्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी

कास्कीमा जिप दुर्घ’टना

कास्कीमा जिप दुर्घ’टना । कास्कीको नयाँ पुलमा जीप दुर्घ’टनामा ज्या’न गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ ।अर्का मृ’तक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घ’टनामा परेका हुन् ।

नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घ’टना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घ’टनामा मृ’त्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घट’नामा घा;इते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घ’टना भएर चालकसहित ८ को मृ’त्यु भएको खुलेको छ,’ विकले भने, ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ ।’

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घ’टना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।‘बाटो निकै खत्तम रहेछ । साह्रै बिग्रेको छ । उकालो र घुम्ती पनि भएको ठाउँमा जीप ब्याक भएछ र घुम्तीबाट खसेछ,’ हमालले घट’नाबारे बताए, ‘सडकको माथिल्लो घुम्तीबाट २ सय मिटर तल सोही सडकमा जीप आइपुगेको छ ।’

कच्ची र अप्ठेरो बाटोमा ब्याक भएर ब्रेक पनि नलागेका कारण दुर्घ’ना भएको स्थानीयले पनि बताएको हमालले जानकारी दिए । घट’नाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img