पोखरा — पोखरा घुम्न आएका हरि परियारको परिवारले नै जहाज दुर्घटनामा ज्यान गुमाएको छ । काठमाडौं स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारले आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् ।
उनको परिवार विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । बिदा मनाउन काठमाडौं आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए । हरि टिकटकमा समेत सक्रिय थिए ।
उनले अमेरिकामा आफू घर बनाउने काममा खटिएको भिडियो टिकटकमा राख्ने गर्थे ।