समाजडा. तोसिमाले भनेकी थिइन् ‘राज्य छ नि तपाईंहरुका लागि’, आचार्यले भनेका थिए...

डा. तोसिमाले भनेकी थिइन् ‘राज्य छ नि तपाईंहरुका लागि’, आचार्यले भनेका थिए – कसैले सुन्दैन

काठमाडौं । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए ।

प्रहरीले तत्काल उद्दार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्‍याए । अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष रहेछन् ।

चिकित्सकहरुका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ ।

आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौं ठक्कर खानु परेको उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् । आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरुलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उनले भनेका छन् ।

हाल स्वास्थ्य राज्य मन्त्री समेत रहेकी कार्की उनको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् । स्वयम् पनि जनरल सर्जन रहेकी उनले आचार्यलाई ‘नयाँ सरकार बनेको थियो, केही न केही उपाय खोज्थ्यौं । किन यस्तो निर्णय लिनु भयो ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img