Tuesday, June 24, 2025
समाजटर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा

टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा

spot_img

काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका हुन् ।

दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल छन् । ‘अहिलेसम्म भूकम्पमा परेर नेपाली हताहत भएको खबर छैन,’ दूतावासले भन्यो ।

दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा शहर पुगेका छन् । सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् ।

भूकम्पले गर्दा कतिपय स्थानमा सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । ‘सबै ठाउँमा सञ्चार सम्पर्क हुन सकिरहेको छैन,’ दूतावासका एक कर्मचारीले भने, ‘भूकम्पग्रस्त क्षेत्रमा अरु पनि नेपाली हुन सक्छन् ।’

टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन सकिरहेको छैन । भूकम्प गएको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । ‘भूकम्प गएको ठाउँ मुख्य शहर होइन,’ महासचिव पौडेलले भने, ‘त्यसैले भूकम्प गएको शहरमा धेरै नेपाली छैनन् ।’

सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर टर्कीको राजधानी अंकारा पठाउने तयारी भइरहेको पौडेलले बताए ।

उनले भने, ‘सम्पर्कमा आएका सबै नेपाली सुरक्षित छन् । राहत सामग्री पनि पाइरहेको बताइरहनु भएको छ । सडक र सञ्चार सम्पर्क बलियो हुनेबित्तिकै उहाँहरुलाई राजधानी अंकारा पठाउने तयारी भइरहेको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा नेपाली रहे÷नरहेको खोजी भइरहेको पनि पौडेलले बताए ।

टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् ।

चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भइसकेको छ । आजै मात्र नेपालले टर्कीलाई राहत सामग्री पठाउने निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img