Wednesday, May 14, 2025
समाज‘राहदानी लिन सहज बनाइयोस्’
spot_img

‘राहदानी लिन सहज बनाइयोस्’

spot_img

काठमाडौं- सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए ।

“पासपोर्ट (राहदानी) लिनका लागि एक महिना पर्खनुपरेको छ । यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाएका थिए । आज पनि लाइन त्यत्तिकै लामो छ । पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो ?”, उनले भने ।

पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताए । “करिब रू १४ सय लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ । एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो ?” उनैल भने । दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि रु एक लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ । रातो पासपोर्ट लिनेका लागि पनि शुल्क तिराउनुपर्ने
उनको संसद्मा धारणा राख्नुभयो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img