Sunday, February 16, 2025
समाजस्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

पाँचथर — फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् । नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् ।

कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए ।

धनकुटाको चौबीसे गाउँपालिका-१ बुधबारे घर भएका श्रेष्ठ फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सहसंयोजकको जिम्मेवारीमा थिए । घटनाबारे जानकारी हुनासाथ कार्यालयबाट प्रहरी खटाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

अघिल्लो साँझसम्म श्रेष्ठ सामान्य अवस्थामा रहेको उनका सहकर्मीहरु बताउँछन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img