काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन ।
पेटमा समस्या भएपछि उनि आज साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने ।
अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना भएको र उनि हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।



