मकवानपुर: मानव स्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पुग्ने मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौँडाले शुक्रबार नष्ट गरेको छ ।
अवैध रुपमा भारत बाट ल्याईदै गरेको जिउदो माछाको भुरा बिहिबार सशस्त्र प्रहरी बल १४ गणको टोलीले चुरिमाई चेक प्वाइन्टवाट नियंत्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी सैलेश श्रेष्ठले जानकारी दिए । प्रहरीले उक्त प्रतिबन्धित माछालाई शुक्रबार भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौडाका प्रतिनिधि र जनप्रतिनिधिको रोहवरमा खाल्डोमा पुरेको थियो ।
डिएसपी श्रेष्ठका अनुसार साहायक प्रहरी निरीक्षक कुमार गुप्ताको कमान्डमा खटिएको चेक प्वाइन्ट टोलीले सर्लाहीबाट हेटौडा तर्फ आउदै गरेको बा ७ ख ६४१ नम्बरको यात्रुबाहाक बसको डिक्कीमा लुकाइछिपाई ल्याईएको माछा चुरिमाई चेक प्वाइन्टमा बरामत गरेको थियो ।