Thursday, January 23, 2025
समाजघूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपाको निष्कर्ष

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेर केन्द्रीय समितिलाई प्रतिवेदन बुझाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडियो संवादबारे पार्टी अनुशासन समितिले छानबिन सकेर तीन पानाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको निष्कर्षमा सार्वजनिक भएको अडियो संवाद ढाकाकुमारकै भएको उल्लेख भएको स्रोतले जनाएको छ । तर आधिकारिक रुपमा प्रतिवेदनमा के छ भन्ने जानकारी दिन समितिले चाहेन । समितिका सदस्य यज्ञमणि न्यौपानेले पार्टीको भोलि बस्ने केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठमाथि आवश्यक निर्णय लिने जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले अडियो प्रकरणमाथि छानबिन गरेर ७२ घण्टाभित्र प्रतिवेदन दिन समितिलाई भनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि अडियो प्रकरणबारे चाँडो छानबिन गरी यथार्थ जानकारी दिनुपर्ने बताउँदै आएका थिए ।

यसअघि आजै सांसद श्रेष्ठले समितिमा पुगेर मौखिक स्पष्टीकरण पनि दिएका थिए । त्यस क्रममा उनले अडियो आफ्नो नभएको दाबी गरेका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img