Sunday, January 19, 2025
समाजफोहोरमा फोहोरी राजनीति

फोहोरमा फोहोरी राजनीति

काठमाडौं । सिंहदरबारले माग पूरा नगरेसम्म फोहोर नउठाउने भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह अघोषित आन्दोलनमै उत्रिएपछि सिंहदरबार र सितलनिवाल वरपर फोहोरको थुप्रो लाग्न थालेको छ ।प्रमुख प्रशासनिक केन्द्रमा फोहोर थुप्रिएपछि सरकारले बल्ल चासो देखाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा महानगरप्रमुख बालेन्द्रको असन्तुष्टिका विषयमा छलफल भयो ।

मन्त्रिपरिषद्‌ले मेयर शाहलाई जिम्मेवार बन्न भनेको छ ।मेयर साह आफ्नो अडानबाट टसमस गर्ने छाँटदेखिदैन । गत आइतबारबाट फोहोर उठ्न बन्द भएको हो । सिंहदरबारले जनताका समस्यालाई बेवास्ता गरेकोसहित संघीय सरकारले आफूहरुलाई सहयोग नगरेको फेहरिस्त प्रस्तुत गरेपछि संघ र स्थानीय सरकारबीचको द्वन्द्व सतहमा आएको छ ।

मेयर शाहले सिंहदरबारको फोहर नउठाउने भन्दै १४ बुँदे स्पष्टिकरण सार्वजनिक गरेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीनवटै तहबीच सुमधुर सम्बन्ध बनाउने भन्दै न्यूनतम् साझा कार्यक्रम घोषणा गरेको एक साता नबित्दै बागदरबार र सिंहदरबारबीच दूरी बढेको छ ।काठमाडौं महानगरपालिका र संघीय सरकारबीच अधिकारसम्बन्धी द्वन्द्व बढेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानार्षण गराए ।

महानगरपालिकाका प्रमुखले विभिन्न मन्त्रालयलमाथि गुनासो पोखेको छ । गृहले ट्राफिक लाइट, सुकुम्बासी व्यवस्थापन र मूर्ति चोरीलगायतका विषयमा सहयोग नगरेको महानगरको आरोप छ ।दूतावासले मिचेको फुटपाथ व्यवस्थापनमा परराष्ट्र मन्त्रालयले नसघाएको, खोला करिडोर र फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालयले सहयोग नगरेको बालेन्द्रको गुनासो छ ।

उपत्यकामा भित्रिने तरकारीको विषादी जाँच्न संघले नमानेको समेत महानगरको गुनासो छन् । महानगर नेतृत्वले पनि फोहोरमा हडताल गर्नुको साटो समन्वयको बाटो पहिल्याउन आवश्यक छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img